Admission Open

ad place

देशभरि कोरोनाका सक्रिय संक्रमित, अवश्था भयावह हुने खतरा

काठमाडौँ, ११ वैशाख : कतिपय सर्वसाधारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरकारको आग्रहलाई अस्वीकार गरी स्वास्थ्याका सामान्य मापदण्ड माक्स र सेनिटाईजरको समेत प्रयोग नगरी हेलचेक्र्याँई गर्नाले अवश्था नाजुक बन्दै गएको छ । कोरोनाको संक्रमण देशका ७७ वटै जिल्लामा व्यापक फैलिएको छ । सक्रिय संक्रमितको संख्यानै लगभग १५ हजार नाघिसकेको छ । बालबालिकादेखि बृद्धबृद्धा र प्रायः सबै उमेर समुहमा संक्रमण देखिएकोले स्थिति झन नाजुक बन्दै गएको छ । त्यसमा पनि २० देखि ३० उमेर समूहका मानिसमा सबैभन्दा बढी संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर शुक्रबार मात्रै २ हजार ५ सय भन्दा बढी संक्रमित थपिएका छन् भने थपिएका मध्ये वागमती र लुम्बिनीमा बढी देखिएका छन् । यसो हुनुमा खुल्ला सीमाना र हेलचेत्र्mयाँई नै प्रमुख कारण भएको विज्ञको दावी छ ।
छिमेकी मुलुक भारतमा स्थिति भयावह भएको अवगत भएपछि सतर्कता अपनाएर सीमा क्षेत्र सिल गरी सीमामै परीक्षणको व्यवस्था गरि भारतबाट फर्किएकालाई केही कडाई गर्न सकेको भए यो अवस्था नआउन सक्थ्यो । अव ढिला भईसकेको छ । अव सबैजना आफैँ सतर्क हुनुको विकल्प छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...