Admission Open

नयाँ धरहराको उद्घाटन आज

काठमाडौँ, ११ वैशाख : वि.सं २०७२ वैशाख १२ गतेको बिनासकारी भुकम्पले तीन टुक्रा भई ढलेको धरहरा छेउमा उस्तै स्वरुपको नयाँ धरहरा निर्माण गरिएको छ । उक्त नयाँ धरहराको उद्घाटन आज लोकतन्त्र दिवशको दिन पारेर प्रधानमन्त्री केपी शर्माले गर्नुहुने भएको छ । १८८२ मा भीमसेन थापाले निर्माण गराएको ११ तले भीमसेन स्तम्भ अर्थात धरहरा १९१३ मा चट्याले माथिल्लो केही भाग क्षतिग्रस्त भएको थियो भने १९२३ मा जीर्णोद्वार गरिएको थियो । १९९० साल माघ २ गतेको महाभुकम्प फेरि क्षतिग्रस्त भएको धरहराको १९९२ मा जीर्णेद्वार गरि ९ तलामा सीमित गरिएको थियो । त्यही नौ तले ऐतिहासिक धरहरा पनि २०७२ वैशाख १२ गतेको भुकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि २०७५ सालमा मेरो धरहरा मै बनाउँछु अभियानको घोषण गरि निर्माण थालिएको र २०७८ मा निर्माण सम्पन्न भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...