Admission Open

कलाकार मदनकृष्ण श्रेष्ठ र उहाँको परिवारलाई कोरोना संक्रमण

काठमाडौँ ः नेपालका सुप्रसिद्ध हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र उहाँको परिवारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
मदनकृष्ण श्रेष्ठ आफैँले आफूसहित परिवारका पाँच जनालाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो ।

श्रेष्ठले आफूसहित छोरा, बुहारी, छोरी र नातिनीसहित पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको बताउनु भएको छ।

उपस्थित भएका सबैजनालाई उहाँले भन्नुभयो, ‘म लगायत मेरा छोरा, बुहारी, छोरी र नातिनीसमेत पाँचै जनालाई कोरोना पोजेटिभ देखियो। यो रोग नलागुन्जल मात्रै केही होईन जस्तो लाग्ने रहेछ भई सकेपछि भने निकै गाह्रो हुने रहेछ । त्यसैले सबैजनाले यो भाइरसलाई खेलाँची नठान्नु होला । आफू सतर्क रहनु होला र आफ्नो परिवार लगायत वरिपरीका आफन्त छिमेकीलाई पनि सतर्क रहन सेझाव पलनु होला’ । बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ ७१ वर्षको हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...