काठमाडौं, १० वैशाख : नेपालमा दैनिक अत्यधिक संख्यामा कोरोना संक्रमण बढेपछि हिन्दुहरुको आराध्यदेवको रुपमा पुजिने पशुपतिनाथ मन्दिर सर्बसाधारणका लागि बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण वैशाख १० गतेबाट अनिश्चित कालका लागि मन्दिर बन्द गरिएको हो । अव पशुपतिनाथ, गुहेश्वरी लगायतका मन्दिरहरुमा नित्य पूजामात्रै हुने भएको छ ।
