Admission Open

ad place

प्यूठानमा नेकपा एमालेको समानान्तर कमिटी

प्यूठान, २९ चैत : प्यूठानमा नेकपा एमालेको समानान्तर कमिटी गठन भएको छ । प्नेकपा एमाले माधव नेपाल समूहले प्यूठान जिल्लामा समानान्तर कमिटी गठन गरेको हो । प्यठानमा आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो ।

उक्त समानान्तर कमिटीको उपाध्यक्षमा कृष्ण रायमाझी, सचिवमा दिपेन्द्र के.सी., सचिवालय सदस्यहरुमा क्रमशः भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी रहेका छन् ।
नेपाल समूहका लुम्विनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै भन्नुभयो, ‘केपी शर्मा ओली नीति, विधान विपरीत गई स्वेच्छचारी प्रवृत्तिले अगाडि बढेका कारण कम्युनिष्टहरु कलङ्कित हुने अवस्था आयो त्यसैले पार्टीलाई इतिहासमै कलंकित हुन र विघटनबाट बचाउन सबैमा अनुरोध छ ।’

सो भेलामा संविधानसभा सदस्य हिरा बहादुर के.सी. र धन बहादुर रायमाझी, प्रदेश कमिटी सदस्य शोभाराम भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...