Admission Open

राष्ट्रपतिबाट मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन हुँदै

काठमाडौं, २० चैत : राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन चैत २० गते शुक्रबार भृकुटीमण्डपबाट गरिँने कार्यक्रम रहेकोछ ।

काठमाडौँको भृकुटीमण्डपमा निर्मित नयाँधाराबाट शुक्रबार दिउँसो दुई बजे पानी खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेकोछ भने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागीता जनाउनु हुनेछ ।

काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानीको अनौपचारिक वितरण भने यही चैत १५ गते आईतबारबाटै परीक्षणका रुपमा वितरण भईरहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...