Admission Open

तनहुँमा अपाङ्गतालाई बाख्रा, कृषकलाई बीउ वितरण

तनहुँ, १९ चैत : जिल्लाको बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनका लागि बाख्राको पाठी र कृषकलाई मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाले बन्दीपुर–१ का सात अपाङ्गता भएका व्यक्तिलाई मूल पूँजी बीउअन्तर्गत एक/एक बाख्रा र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन मकैको बीउ वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपाङ्गता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपाङ्गता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

लक्षित वर्ग कार्यक्रमअन्तर्गत मूल पूँजी बीउअनुरुप रु ७५ हजार बराबरको बाख्रा वितरण गरिएको हो ।
उनीहरुलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । गाउँपालिकाले शुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिकरूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...