Admission Open

हुम्लाको तल्लो क्षेत्रमा, फोन गर्न रुखका टुप्पाटुप्पा !

सिमकोट, २८ फागुन : हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् ।

दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिनुभयो ।

भौगोलिक हिसाबले ठूलो र धेरै खोल्साखोल्सी भएको उक्त गाउँपालिकामा एकमात्र नेपाल टेलिकमको टावर मेल्छाम–५ मासीधारमा ०६६।०६७ सालमा बनेको थियो । उक्त टावर कम क्षमता भएकाले सीमित मात्रामा टेलिफोन हुने गर्दथ्यो । उहाँले टावर अहिले आएर पूर्णरुपमा बन्द हुँदा दुई घण्टाको पैदल बाटो हिँडेर रुखको टुप्पोमा गएर फोन गर्न बाध्य भएको बताउनुभयो ।

टेलिफोन नभए पनि इन्टरनेट सेवा अत्यन्तै सुस्त छ । त्यो पनि सबै नागरिकको पहुँचमा पुगेको छैन । उहाँले भन्नुभयो, “स्थानीयको त कुरै नगरौँ आफूसमेत दुई घण्टाको बाटो हिँडेर अग्लो ठाउँमा गएर फोन गर्नुपर्छ” । त्यो पनि घाम लागेको बेला काम गर्छ घाम नलागेमा वर्षा, हावा, हुरी लागेमा र हिमपात भएमा त त्यो पनि ठप्प हुन्छ ।”

उहाँले धेरै पटक सञ्चार मन्त्रालय र नेपाल टेलिकम धाउँदा धाउँदा हैरान भइसकेको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...