Admission Open

२७ फिटको महादेव शिवको प्रतिमा जनस्तरबाटै बन्यो

झापा, २५ फागुन : बिर्तामोड–१ स्थित पञ्चकन्यामा रु ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ ।

स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । नौ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दहालले जिकिर गर्नुभयो ।

प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...