Admission Open

चिली पुग्यो, चीनको सिनोभ्याक खोप

सान्टियागो, २५ फागुन –सिन्ह्वा : चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ ।
चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप बुझ्नु भएको थियो । चीनले पठाएको यो खोप पाँचौं पटक हो ।
त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य मन्त्री पेरिसले चीनबाट उपलब्ध खोपले चिलीका सर्वसाधारणलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
चिलीको जनस्वास्थ्य इन्स्टिच्यूटले गत जनवरी २० मा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
चिलीमा गत फेब्रुअरी ३ बाट सर्वसाधारणलाई खोप दिन थालिएको छ । यसवर्ष पहिलो तीन महिनाभित्र उच्च जोखिममा रहेका भनी पहिचान गरिएका करिब ५० लाख व्यक्तिलाई खोप लगाउने चिलीको योजना छ । उक्त खोप अभियान समाप्त भएलगत्तै अरु एक करोड ५० लाख व्यक्तिलाई खोप दिइने छ ।
दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म ४१ लाख ७६ हजार व्यक्तिले खोप लिइसकेका छन् । त्यसमध्ये झण्डै पाँच लाखले दोस्रो डोज पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अधिकारीहरुका अनुसार हालसम्म चिलीमा आठ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब २१ हजार व्यक्तिको संक्रमणबाट मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...