राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले पार्टीको सङ्ठनात्मक विकास र सुदृढीकरणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
सो पार्टीद्वारा चितवनको भरतपुर– १० स्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उहाँले पार्टीको सदस्यता वितरण गर्ने कार्यलाई अभियानको रुपमा लैजान पनि निर्देशन दिनुभयो ।