Mobile banking

Nepal Telecom

ज्योति लाइफको आव्हानपत्र प्रकाशित फागुन २३ देखि सर्वसाधारणले आवेदन गर्न पाउने

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत सामूहिक लागानी कोषहरुका लागि छुट्याएको छ भने बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

ज्योति लाइफले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर निस्काशन गर्न लागेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरमार्फत छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

ज्योति लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा कम्पनी मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

हेर्नुहोस् आव्हानपत्र

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...