Admission Open

अपि पावर कम्पनी हकप्रद शेयर निष्काशनको अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो ।

अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
अपिले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९।३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँको २९।३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...