Organ Donation

Organ Donation

मुरलीको धुन

लघुकथा

लक्ष्मण घाँस दाउरा, मेलापात र गोठालो जाँदा सधैँ मुरली बजाउँदै हिँड्थ्यो ।
पल्लो गाउँबाट आएको मुरलीको धुनले जव माझगाउँ टेक्थ्योे, हिराको हृदयको धड्कन उसै बढ्थ्यो । मुरलीको धुन सुन्नेबित्तिकै हिरा आफ्नो भागमा परेको काममा हिड्न हतारिन्थिन् ।
घाँस काट्ने काम भए डोकोमा हतारहतार कचिया सिउरिन्थिन् र थाप्लोमा नाम्लो हालेर जंगलतिर लाग्थिन् । गोठालो जानु पर्ने भए गा ईबस्तु फुकाउन हतारिन्थिन् ।
हिरालाई लक्ष्मणले बजाएको मुरलीको धुनले यसरी तानेको लगभग पाँचवर्ष भईसकेको थियो । दिनहुँ जसो उनीहरुको भेट हुन्थ्यो । उनीहरु सामान्य बोलचाल गर्थे । दुबै मुसुक्क मुस्काउँथे र आआफ्नो काममै व्यस्त हुन्थे ।
पाँच कक्षा पढ्दापढ्दै पढाइलाई बिटमार्न बाध्य हिरा धेरै पढ्न चाहन्थिन् तर दुर्भाग्य एघार वर्षको उमेरमा हुर्कँदै गर्दा उनलाई ठूलो बज्रपात प¥यो । घाँस काट्न गएकी आमा भीरबाट लडेर मरेपछि उनको कलमको बिर्को सँधैँलाई बन्द भयो ।
सोह्र काटेर सत्र लाग्दै गर्दा एकदिन हिरा र लक्ष्मणको भेट भयो । लक्ष्मणले भन्यो, हिरा आज म तिमीलाई एउटा गीतको धुन सुनाउँछु, त्यो कुन गीत हो चिन है । हिराले सहमतिमा मुन्टो हल्लाईन् ।
लक्ष्मणले धुनमा “तिरीरी मुरली बज्यो वनैमा… वनैमा लौ माया नमारे …” बजायो ।
सुन्दासुन्दै हिराका दुबै आँखाबाट तुप्लुक्क आँसु खसे । हिरा भने त्यहाँबाट अर्को दिशातिर लागिन् ।
लक्ष्मणले परसम्म हे¥यो । हिरालाई जङ्गलले छलेपछि कर्कलाको पातमा खसेको आँसु भुँईमा झर्न नदिई पोको पारेर गोजीमा हाल्यो ।
त्यस दिनपछि हिरा र लक्ष्मणको भेट भएन ।
लगभग महिना दिनपछि लक्ष्मणलाई कसैले एउटा खाम दियो । खामको बाहिर “मुरलीको धुन” लेखिएको थियो भने खामभित्र लेखिएको थियो, “लक्ष्मण हामी अर्को जुनिमा एकै जात भएर जन्मौला है ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...