Admission Open

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

चितवन, २१ माघ
ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ । ट्रष्टका प्रवक्ता डा भीष्मकुमार भुसालले बङ्गलामा टिकट लिएर सर्वसाधारणलाई प्रवेशको अनुमति दिन लागिएको बताउनुभयो ।

हाल बङ्गला क्षेत्रका भवनहरु मर्मतसम्भार र रङरोगन गरेर आवश्यक अस्थायी संरचना निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न बङ्गला खुला गरिँदैछ । भुसालले भन्नुभयो, “शुरुमा हामी बोर्ड र भरतपुर महानगरसँग परामर्श गरेर काम अघि बढाउँछाँै ।” सो ठाउँको हाल नेपाली सेनाले सुरक्षा दिँदै आएको छ ।

जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजीकैको सो बङ्गला जङ्गलभित्र एकान्तमा छ । उक्त दरबार यतिबेला हेरचाह र प्रयोगविहीन भएकाले ओझेलमा परेको छ । विसं २०२६ मा निर्मित सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो । त्यसो त राजा महेन्द्रको निधन यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्व बढी भएको हो ।

पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । उक्त ट्रष्टको एकाइ कार्यालय आँपटारीमा छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ ।

दरबारमा पाँचवटा खोपी ९बेडरुम० छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ । छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ । त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ ।

भुसालका अनुसार ५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...