Admission Open

जन्मदिनको अवसरमा अस्पताल निर्माणका लागि सहयोग

बागलुङ नगरपालिका–१३ पैयूँपाटाका भविश्वर शर्माले आफ्नो जन्मदिनको अवसरमा बागलुङ नगर अस्पताल निर्माणका लागि रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

पैयूँपाटामा नगर अस्पताल निर्माणको लागि सरकारले आफ्नो गाउँलाई छनोट गरेको भए पनि जग्गा अभावपछि आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको शर्माले बताउनुभयो ।

अस्पतालको भवन निर्माण समितिका सदस्यसमेत रहनुभएका शर्माले अस्पताल निर्माणको लागि छनोट गरिएको स्थानमा आफ्नो जमिन नभएका कारण नगद सहयोग गरेको बताउनुभयो । “गाउँमा अस्पताल बन्दा सबैलाई सहज हुन्छ”, उहाँले भन्नुभयो, “अझ धेरै यहाँका ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सहज हुन्छ । त्यसैले राम्रो काममा सबैले सहयोग गर्नुपर्छ ।” नगर अस्पताल निर्माणका लागि नौ रोपनी जग्गा खरिद गरेर डिपिआरसमेत तयार गरिसकेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । “खरिद गरिएकोमध्ये सात रोपनी जग्गाको मात्र पैसा तिरेका छौँ”, उहाँले भन्नुभयो, “अझै दुई रोपनीको पैसा तिर्न बाँकी छ, त्यसैले सबैको सहयोगको अपेक्षा गरेका छौँ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...