Admission Open

करिब साढे १६ प्रतिशत घट्यो, कृषि विकास बैंकको नाफा

आव ०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको कृषि विकास बैंक लिमिटेड (ADBL) को नाफा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँ अर्थात १६/४४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँ घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ भने बैंकको सञ्चालन मुनाफा २४ करोड ५१ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ।

पुस मसान्तसम्ममा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ११ अर्ब २० करोड ८२ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब २७ करोड ३४ लाख रुपैयाँ थियो।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २५ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य २१८ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१।३३ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएपनि बैंकको निष्क्रिय कर्जामा भने सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३।९१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घटेर ३।१४ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर १०।१७ प्रतिशतबाट ७।६७ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५।२९ प्रतिशतबाट ४।३७ प्रतिशतमा झरेको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...