Admission Open

तथ्याङ्क विभागले ४७ हजार कर्मचारी माग्यो

केन्द्रीय तथ्यांंक विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि ४७ हजार कर्मचारीको माग गरेको छ ।
तथ्यांंक विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि कर्मचारी माग गरेको हो ।
विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना र गणक ३९ हजार माग गरिएको हो ।
इच्छुक योग्यता पुगेका १८ वर्ष पूरा भई ४० वर्ष र महिलाको हकमा ४५ वर्ष ननाघेका, वान्छनीय योग्यता पुगेका नेपाली नगरिकहरुले यही चैत्र ११ गतेसम्म दरखास्त आवेदन दिइ सक्नुपर्ने जनाएको छ ।
विभागले सुपरीवेक्षणका लागि २ महिना र तथ्यांक संकलकका लागि १ महिनाको करार सेवामा कर्मचारी माग गरेका हो ।
शैक्षिक योग्यताको हकमा सुपरिवेक्षक पदका लागि स्नातक तह उत्तीर्ण गरेको हनुपर्ने र गणकका हकमा दश जोड दुई वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरेको छ ।
विभागका अनुसार स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने, विभागबाट सञ्चालित कुनै पनि कार्यमा अनुभव हाँसिल गरेको वा तथ्यांक, जनसंख्या विषय लिई स्नातकोतर अध्यनरत वा उतिर्ण गरेको व्यक्तिलाई विशेष प्राथामिकता दिइने छ ।
विभागले सुपरीवेक्षणका लागि नासु सो सरह (मासिक २८ हजार २०० रुपैयाँ) र गणकका लागि खरिदार सो सरह (मासिक२६ हजार ६१० रुपैयाँ) तलबसमेत तोकेको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...