Admission Open

सात वर्षीया बालिकाको उद्धार

जनकपुरधाम, १३ माघ
ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...