Admission Open

सामसङ्ग डिजिटल प्लाजा अब उदयपुरको गाईघाटमा

सामसङ्ग डिजिटल प्लाजा ट्राफिक चौक, गाईघाट, उदयपुरमा उद्घाटन: एलईडी टिभीहरू, रेफ्ररिजेरेटर, वाशिंग मेशिन, माइक्रोवेभओभन, मोबाइलहरू र एयर प्यूरिफायर, ए.सी. सहित पूर्ण दायराका सामसङ्ग उत्पादनहरू उपलब्ध

काठमाडौं, १२ माघ ०७७ – हिम इलेक्ट्रोनिक्स प्रा. लि., नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम “कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्को उदघाटन गरेको हो ।
यही माघ ११ गते गाईघाटमा आयोजित एक कार्यक्रमका बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष श्री प्रभाकर शमशेर थापाले शोरूमको उद्घाटन गर्नु भएको थियो ।
सामसङ्गप्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याउँदै आइरहेको छ ।
नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भन्नुभयो, “हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।”
सामसङ्ग डिजिटल प्लाजामा सामसङ्गका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध हुनेछन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ । यो कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ ।
प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलार्इ विशेष ओपनिंग अफरहरु समेत दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...