Admission Open

कोरोनाबाट थप दुईको मृत्यु

कोहलपुर ।
बाँकेमा कोरोनाबाट थपदुई जनाको मृत्यु भएको छ । नेपालगञ्जउपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्र्षीय पुरुषको सोमबार रातिहोम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ ।

गत पुस २६ गते कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवलकम भएपछि २७गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनःहोम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

अर्को एक जनाहोमआइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनिआज मृत्यु भएको छ । होमआइसोलेसनमा बसेका उनीएक्कासि बेहोस भएकाथिए । भेरी अस्पताललगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताए । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...