Admission Open

सबैको मुखमुखमै शेयर

एकैदिन ८२ हजारले बढ्यो डिम्याट खोल्नेको संख्या

हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक,खुलिरहेको अवस्थामा एकैदिन ८२ हजार डिम्याट खाता थपिएको सिडिएससिको वेबसाइटले देखाएको छ । सिडिएससिको वेबसाइटमा देखिएको तथ्याङ्क अनुसार माघ ४ गते, एकैदिन ८१ हजार ७५९ जनाले डिम्याट खाता खोलेका हुन् ।

 

सिडिएससिको तथ्यांक अनुसार माघ ५ गते सोमबारसम्ममा २५ लाख ८२ हजार १०४ डिम्याट खाता खुलेको छ । अघिल्लो दिन आइतबारसम्ममा डिम्याट खाताको संख्या २५ लाख ३४५ रहेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले करिब आठ अर्बको आईपीओ बिक्रीमा ल्याएपछि डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । बैंकको आईपीओ खुल्नु केहि दिनदेखि नै यो संख्या बढ्न थालेको थियो ।

बैंकले बिक्रीमा ल्याएको आईपीओ सबै आवेदकलाई पर्ने भएकाले पनि डिम्याट खाता खोलेर आवेदन गर्नेको संख्या वृद्धि भएको हो ।

सिडिएससिको वेबसाइटमा यस्तो देखिएतापनि दैनिक खाता खोल्नेको संख्या औसतमा ३० हजारकै हाराहारीमा रहेको सिडिएससिले जनाएको छ । सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले सोमबार २२ हजार नयाँ डिम्याट खाता खोलिएको मेरोलगानीलाई जानकारी दिए । आइतबार पनि ३० हजार खाता खुलेको उनले बताए । वेबसाइटमा भने शनिबार पनि खोलिएका खाताको एकैपटक तथ्यांक आउँदा एकैदिन धेरै खाता खोलिएको देखिएको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...