Greetings Dashain

Greetings Dashain

Election Commssion Nepal

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

वि.सं. ९९९० माघ २ गतेको भूकम्पका कथाहरु

वि.सं.९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाईँ हामीमध्ये धेरैले हजुरबुवा (हजूरआमा, जिजूबुवा (जिजूआमाबाट सुनेका हुनसक्छौँ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो ।

१९९० को भूकम्पबारे स्वर्गिय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभएपनि साराशंका रुपमा प्रस्तुत गर्न चाहन्छौ । यो कथा चाँहि मेरी स्वर्गिय हजुरआमा गोमा देवी आाचार्यले मलाई सुनाउनु भएको हो ।

उक्त दिन अर्थात आजको मिति माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासी जमिन भित्रबाट कुनै दैँत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठूलाठूला ढुङ्गाहरु झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरु त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यू भयो र भूकम्पले घाईते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनीहरुले माटो खाँदै गए ।

माटो खानु अर्थात मृत्यू हुनु, उतिबेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यू भयो १ धेरै त्यस्ता नदिनाला अनि खहरे खोलाहरुले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतीक अत्याचारको अनि क्षतीको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा ुराष्ट्रिय भूकम्प सुरक्षा दिवसु मनाईन्छ ।

भूकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरुले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारीक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन् । वास्तवमा समय र परिस्थितीपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।

२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भूकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।

भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धासुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरुले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकून जसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ । भूँईचालोले हल्लाएका सांस्कृतीक सम्पदाको जग अनि गार्ह्राहरु पुनः ठडिन जरुरी छ । ९० सालको भूँईचालोले टुक्राएको धरहरालाई ७२ सालको भूँईचालोले क्षणभरमै धूलो बनाइदियो, यी इतिहासहरु नमरुन् ।

भुकम्पका हिसाबले नेपाल जोखिममा छ, पर्वत श्रृखलाहरु बनिनुको मुख्य कारण नै टेक्टोनिक प्लेट्सहरुको चलायमानता हो । नेपाली पर्वतश्रृखलाहरुमा भेटिएका शालिग्राम र अन्य समुन्द्री जीवहरुको अवशेषले त्यस ठाँउमा हजारौं वर्षअघि समुन्द्र रहेको प्रमाणित गरेको छ । उक्त ठाँउमा तेथिस सागर रहेको र हजारौं वर्षमा टेक्टोनिक प्लेटहरुको चलायमानताले गर्दा पर्वतश्रृखला बनेंको पुष्टि भएको हो । यस भौगोलीक अवस्थाका कारणले गर्दा नेपाल सदैव भुकम्पकीय जोखिममा रहेको छ ।

भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरु आउने पुस्तालाई उपहार दिन पाईयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर भई रहून् ।
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...