काठमाडौं, २८ कात्तिक : मुस्ताङको कोबाङ क्षेत्रमा टुकुचे पिकबाट हिउँ पहिरो गएको छ । आइतबार बिहान हिउँ पहिरो गएको हो ।
हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट धुँलोले ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन ।
‘मानवीय क्षतिको कुनै विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको डीएसपी दानीले जानकारी दिए । ‘प्रहरी त्यहाँ पुग्दैछ, विवरण आएको छैन ।
भागदौडमा केही शिक्षक, विद्यार्थी घाईते भएको भन्ने जानकारी प्राप्त भएको छ ।