Admission Open

ग्रीनलाइफ हाइड्रोपावर र महिला लघुवित्तको (IPO) आउँदै

२० माघ, काठमाडौं । २३ र २८ माघमा ग्रीनलाइफ हाइड्रोपावर र महिला लघुवित्तको साधारण सेयर निष्कासन हुने भएको हो । यही माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र माघ २८ गतेदेखि महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि (IPO) जारी गर्दैछन् ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
यस ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर (एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ ।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकाकाको खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ भने ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी एक वर्षभित्रमा उत्पादन प्रारम्भ हुनेछ ।
माघ २८ गतेदेखि महिला लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ जारी गर्दैछ । यस लघुवित्त वित्तीय संस्थाले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर (IPO) निष्काशन गर्न लागेको हो ।
यस संस्थाले (IPO) निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरिसकेको छ । यी दुवै कम्पनीको (IPO) मा न्युनतम १० कित्ता आवेदन दिन सकिनेछ ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...