Admission Open

ad place

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।

सोमबार प्रतितोला ८८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर तोलाको ११ सय ४० रुपैयामा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...