Admission Open

डिसहोमको फाईबर नेट पोखरामा सुरु

पोखरा : डिस मिडिया नेटवर्क लिमिटेड ( डिश होम )ले पोखरा मा डिसहोम फाईबर नेट को औपचारिक सुरुवात गरेको छ ।

पोखराको नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रा.लि.मा रहेको कार्यलयबाट बुधवार एक कार्यक्रमका विच पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले डिसहोम फाईवर नेटको उद्घाटन गरेका हुन् ।

डिसहोम फाईवर नेटको शुभारम्भ गर्दै अध्यक्ष कोईरालाले प्रतिस्पर्धात्मक बजारमा निजी क्षेत्रले ल्याएको नयाँ प्रविधिले सेवाग्राहीलाई सहुलिय दरमा गुणस्थरीय सेवा प्रदान र अवको युग प्रविधिमैत्री हुनुपर्ने सुझाव दिएका थिए ।

डिश होमका तर्फवाट एरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु , विभिन्न संचार माध्यमका संचाकर्मी ,डिलरका प्रतिनिधी, स्थानीय समाजसेवी , बुद्दिजिविहरुको उपस्थितीमा फाईवर नेटको औपचारीक रुपमा शुभारम्भ गरिएको हो ।

भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फईबर नेट को औचित्य बारे प्रस्ट पारेका थिए । अव नेपालमा इन्टरनेट क्रान्ती शुरु भएको र सस्तो तथा सर्वसुलभ एवंम गुणस्तरीय इन्टरनेट सेवाले हरेक ग्राहकलाई थप सेवा तथा सुबिधा हुने उनले बताए ।

डिसहोम फाईवर नेटका प्रयोगकर्ता सेवाग्राहीले आफनो रोजाई अनुसार १० एमविपिस देखि १०० एमविपिससम्मको प्याकेज उपलब्ध रहेको छ । शहरी एरियामा सुरु गरेको डिशहोम फाईबर नेटले आफनो सेवालाइ ग्रामिण तहसम्मका ग्राहकलाई पनि छिट्टै सेवा उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराएका थिए ।

उदघाटन कार्यक्रममा अधिवक्ता हरिप्रसाद पण्डितले सञ्चालन गर्नुभएको थियो । यससगै अब ईन्टरनेटको समस्याले कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक,एलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...