Admission Open

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ग¥यो आईपीओको प्रि-अलटमेन्ट

शुक्रबारसम्म बाँडफाँड गरिने
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले दिएको जानकारी अनुसार  प्रि-अलटमेन्ट सम्पन्न गरी स्वीकृतिका लागि बोर्ड पठाउन लागिएको हो ।
धितोपत्र बोर्डबाट स्वीकृति पश्चात आईपीओ शुक्रबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको क्यापिटलले  जानकारी दिएको छ । ‘धितोपत्र बोर्डबाट स्वीकृतिमा ढिलाई नभएको खण्डमा शुक्रबार बिहान बाँडफाँड गर्ने तयारी छ ।’
यस बैंकको आईपीओमा साढे १५ लाख आवेदन परेकाले दोहोरो आवेदन हटाएर योग्य आवेदक छुट्टाउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रि अलमेन्ट पश्चात स्वीकृतिका लागि बोर्डमा पेश हुने क्यापिटलको भनाइ छ । बोर्डबाट स्वीकृति हुन ढिलाई भएको खण्डमा भने पुर्वनिर्धारित बाँडफाँड समय हेरफेर हुनसक्ने कुरा पनि सम्बन्धित अधिकारीले बताए ।
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको समयावधिको अन्तिम दिन अर्थात माघ ६ गतेसम्मका सम्पूर्ण आवेदनलाई मान्दा १५ लाख ५० हजार ३२५ वटा आवेदन परेको थियो । त्यसबाट दोहोरो आवेदन तथा स्वीकृत गर्न नसकिने आवेदनहरु हटाएपछि कति जना आवेदकलाई कति कित्ता शेयर दिन मिल्छ भन्ने कुराको यकिन हुनेछ ।
सर्वसाधारणबाट ७ अर्ब ५८ करोड ४० लाख रूपैयाँका लागि आवेदन माग्दा कुल १८ अर्ब ३४ करोड रुपैयाँ बराबरका लागि आवेदन परेको हो ।
धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार आवेदन दिएका सबैलाई १० कित्ता र सोभन्दा बढी शेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ । यसअनुसार इन्फ्रास्ट्रक्चरमा परेको आवेदन अनुसार ५० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै शेयर पाउने छन् । बाँकी रहेको शेयरको संख्या अनुसार गोलाप्रथाबाट थप १० कित्ताका दरले पुगेको हदसम्म ६० कित्ता वा ७० कित्तासम्म पनि शेयर पाउनसक्नेछन् । यद्यपी सबै आवेकदबाट ठूलो संख्यामा आवेदन माग भएकाले १० देखि ४० कित्ताका आवेदक कम हुँदा ६० कित्ताभन्दा बढी शेयर पाउने सुम्भावना न्यून रहेको बताइन्छ ।
कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।
बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...