Admission Open

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा शक्तिशाली विष्फोट

१३ अमेरीकी सेना सहित ८० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको ८० पुगेको छ । मृत्यु हुनेमा १३ अमेरीकी सेना पनि छन् । १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको उक्त घटना
इस्लामिक आतंकवादीहरुबाट गराईएकोमा यस विस्फोटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फोट गराईएको थियो ।

विस्फोटमा केही तालिवान लडाकुहरू पनि घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलबाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन्।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...