Admission Open

ad place

कोरोना अपडेट: १,९२४ जना संक्रमणमुक्त, १,८०१ जनामा संक्रमण पुष्टी र २४ को मृत्यु

काठमाडौं, ७ भदौ : पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ३२६ वटा नमुनाको परीक्षण गर्दा एक हजार ८०१ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...