Admission Open

गाउँको अर्गानिक मायाले लोभ्यायो : कलाकार, अनिल पोखरेल

आरोहणमा रहँदाको समयमा सोफोक्लिज (विदेशी नाटक) झपाल शास्त्र, मौलियर, मोहन राकेश, शेक्सपियरलगायतका नाटक नाट्यकर्मी सुनिल पोखरलेलको निर्देशनमा विभिन्न मञ्चमा प्रर्दशन भए । ती नाटक दर्शकको राम्रो वाहीवाहीका बीच प्रर्दशन भए । त्यसपछि डा.अभि सुवेदी, विजयबहादुर मल्लका धेरै नाटकमा अनिलले दर्शकलाई आफ्नो अभिनयको निखारता देखाउन सफल भए । उनले दर्शकलाई नाटकको रसस्वादन मात्र गराएनन्, कलाकारिताले स्रोता-दर्शकको मन जित्न पनि सफल भए ।

# दीपक निरौला

काठमाडौँ  : अनिल पोखरेल कलाकारिता क्षेत्रको पूरानो र परिचित नाम हो । ३० को दशकदेखि नै कलाकारिता क्षेत्रमा गहिरो प्रभाव पार्न सफल पोखरेल आजपर्यन्त सुनिदै र चिनिदै आएका छन् ।

भीडदेखि भीडसम्म, विना चिहानको मृत्यु, जेठोछोरो, चप्रासीजस्ता लोकप्रिय टेलिसिरियलमा मुख्य भूमिकामा रहेर दर्शकबीच लोकप्रिय पोखरेल खोटाङको सिम्पानीमा जन्मिएका हुन । उबेला नै उनी कलाकारिता क्षेत्रको मोहले काठमाडौँ पुगेका थिए । पोखरेलको कलाकारिता कसरी सुरु भएको थियो त ?

अनिल पोखरेलसँगको भेटमा उनैले सुनाएको उनको कलाकारिता यात्रा र जीवनको भोगाइको सारसंक्षेप :

स्कुले ठिटो अनिल पोखरेल २०३८ सालतिर नेपाल प्रज्ञा प्रतिष्ठान (पहिलेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) नजिकै बस्थे । एक दिन तरकारी किन्न जाँदा बाटोमा सिताराम पोखरेल (उनका आफन्त) सँग भेट भयो ।
। अनिल सुनाउँछन्, उनको आनिवानीबाट प्रभावित भएका सितारामले उनलाई नाटक खेल्ने प्रस्ताव गरे । भोलिपल्ट शनिवारको दिन रहेछ । सिताराम पोखरेलले नाट्यकर्मी सुनिल पोखरेलसँग भेट गराए । केही समयको भलाकुसारी पछि सुनिलले अनिलमा कलाकारिताको लक्षण पहिल्याई हाले ।

त्यसपछि अनिललाई अशेष मल्लको निर्देशनमा रहेको ‘सडकदेखि सडकसम्म’ नामक नाटकमा माग्नेको भूमिकामा पहिलो कला प्रस्तुत गर्ने मौका दिए । जसमा ओममणी शर्मा, पुस्कर गुरूङ, खेम शर्मा, विनयसिंह रावत, रामकृष्ण निराला, सपना मल्ल प्रधान (वर्तमान सर्वाेच्च अदालतकी न्यायाधिस) सुनिल पोखरेल लगायतको बेजोडको प्रस्तुतीमा अनिलले माग्ने केटाको भूमिका साह्रै मज्जाले निर्वाह गरे । अनिलको उक्त प्रस्तुती देखेर सबै चकित भए । अनिलले सुनाएअनुसार त्यसभन्दा आगाडि उनले कुनैपनि नाटकमा भाग लिएका थिएनन् । उक्त नाटक तात्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रस्तुत भएको थियो । उक्त नाटकको फोटो गोरखापत्रको अग्रभागमा (अनिलको समेत) छापिएपछि उनलाई कलाकारिताको मोह झन जाग्यो ।

नाटक क्षेत्रले उनलाई चिनाउने मात्र गरेन । उनको वैयक्तिक स्तरोन्नतीसमेत गरायो । २०३७ सालमा सुनिल पोखरेलको परिकल्पनामा आरोहण समूह नामक नाट्य संस्था खुल्यो । प्रदीप श्रेष्ठ संस्थापक अध्यक्ष भए भने सामन्त कंशाकार, सूर्यमाला शर्मा, सुनिल पोखरेल, बद्री अधिकारी संस्थापक सदस्य भए भने अनिल पोखरेल संस्थाको महासचिव भए । अनिलकै शब्दमा उनले संस्थामा सात वर्षसम्म कर्तव्यनिष्ठ भएर आफ्नो भूमिका निर्वाह गरे ।

आरोहणमा रहँदाको समयमा सोफोक्लिज (विदेशी नाटक) झपाल शास्त्र, मौलियर, मोहन राकेश, शेक्सपियरलगायतका नाटक नाट्यकर्मी सुनिल पोखरलेलको निर्देशनमा विभिन्न मञ्चमा प्रर्दशन भए । ती नाटक दर्शकको राम्रो वाहीवाहीका बीच प्रर्दशन भए । त्यसपछि डा.अभि सुवेदी, विजयबहादुर मल्लका धेरै नाटकमा अनिलले दर्शकलाई आफ्नो अभिनयको निखारता देखाउन सफल भए । उनले दर्शकलाई नाटकको रसस्वादन मात्र गराएनन्, कलाकारिताले स्रोता-र्शकको मन जित्न पनि सफल भए । त्यो बेलाको कलाकारिताको मोह उनी यसरी स्मरण गर्छन् । ‘म काठमाडौँको पूरानो बानेश्वरबाट रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गसम्म प्रायः हिंडेरै आउजाउ गर्थेँ । प्रमाणपत्र तह अध्ययन गर्दाको समयमै मैले धेरै प्रशंसक बटुलिसकेको थिएँ ।

काठमाडाँ को भीडमा हिंड्दा पनि सबैले नामै तोकेर बोलाउँदा त्यो बेला आफूलाई गौरवले छाती फुलेर आएको अनुभव ताजै रहेको स्मरण गर्छन् ।’
उनले प्रकाश सायमी निर्माता निर्देशक भएको ‘दोशी’ नामक चलचित्रमा अग्रपंक्तिमा रहेर कलाकारितालाई तिखार्दै लगे । त्यस्तै राजेन्द्र सलभको निर्देशनमा रहेको ‘विजय पराजय’ विजय केरुङको ‘माझी दाइ’, महेन्द्रभक्त श्रेष्ठको ‘अरुणिमा’ शैलेस आचार्यको ‘खग्रास’ चलचित्रमा महत्वपूर्ण भूमिकामा रहेर लामा चलिचित्रमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।

२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि ‘जेठोछोरो’ ‘भीडदेखि भीडसम्म’ नामक टेलिफिल्म प्रशारण हुन थाल्यो । त्यसपछि उनलाई देशैभरीबाट रुचाईयो । भीडदेखि भीडसम्मको टेलिफिल्ममा कामगर्दा चर्चित तथा लोकप्रिय नायक सरोज खनालसँग भेट भएर रमाइलो गरेको अनुभव सुनाउँछन् । त्यसपछि दुवै जनाले लामा तथा छोटा चलचित्रमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाए ।

सरोज खनाल कलाकारिता क्षेत्रमा निक्कै चर्चित र रुचाएको नाम हो । त्यो बेलामा उनले अभिनय गरेका फिल्म धेरै नै चर्चित थिए । उनलाई काम र दामको कुनैपनि चिन्ता थिएन तर नेपालको राजनैतिक खिचातानीका कारण आफ्ना सन्तानको भविष्य नदेखेर खनाल अमेरिका जान बाध्य भए । लामै समय अमेरिकामा श्रम गरेर आफ्ना सन्तानलाई गरिखान सक्ने बनाएप्ीछ मात्र खनाल नेपाल फर्किकएका छन् । सरोज खनाल अहिले पनि फाट्ट फुट्ट चलचित्रमा काम गरिरहेका छन् ।

हुन त अनिल पनि धेरै मुलुकमा आफ्नो कला देखाएर फर्किएका हुन् । करिव आधा वर्षजति युरोपका विभिन्न क्षेत्रमा विदेशीलाई नेपाली कलाको रसस्वादन गराएर फर्किएका उनलाई अर्काको मूलुकमा बसेर पसिना बगाउन मन लागेन । कलाकारिताबाट पुरै विस्थापित नभए पनि गुजारा चल्ने स्थिति नभएपछि वैकल्पिक पेशामा रमाएर बसेका छन् ।

अनिल पोखरेललाई कलाकारितामा संसार देखाउने व्यक्ति नै सुनिल पोखरेल हुन् । उनकै छत्रछाँयामा बसेर अनिलले आफूलाई तिखार्दै लगे । सुनिल पोखरेल नाट्य क्षेत्रको एउटा यस्तो गहना हो जसले यो क्षेत्रलाई धेरै माथि पु¥यायो ।

नाट्य क्षेत्रमै उच्च शिक्षाका लागि भारत गएर उनले अध्ययन पूरा गरेका सुनिलले आफ्नो अध्ययनको समयमो गोल्ड मेडल नै प्राप्त गर्न सफल भए । सुनिल पोखरेल केही समय अध्ययनका लागि भारत जाँदा नेपालमा नाटकको अवस्था भने नाजुक बन्दै गएको अनिलको बुझाइ छ ।
नेपाल फर्किएपछि सुनिल पोखरेलले आरोहण नामको संस्थालाई गुरुकुल नाम थपेर आरोहण गुरुकुल नाम जुराए । संस्थाले दर्शकलाई मनोरञ्जन दिलाउनुका साथै कलाकार उत्पादन पनि गर्न थाल्यो । आरोहण गुरुकुलका शाखाहरू ७५ ओटै जिल्लामा खुले । त्यसले गर्दा नाट्य क्षेत्रमा एउटा क्रान्ति ल्याउने श्रेय कलाकार सुनिल पोखरेललाई नै जान्छ ।

अनिल अहिले श्रीमती कमला, छोरीहरू आकृसा, आब्या अनि वृद्ध हजुरआमा र आमाका साथ इनरुवाको बलाहामा बसोवास गर्छन् । बजार छोडेर किन गाउँ रोज्नु भयो ? भन्ने प्रश्नमा उनी भन्छन् ‘आत्मासन्तुष्टि नै सबैभन्दा ठूलो कुरा रहेछ । फेरि खानपिन लगायत अन्य कुराको अलवा आफन्त र छरछिमेकीको सर सहयोग पनि अग्र्यानिक पाउने भएकोले गाउँनै रोजें ।’

एउटा कलाकारले आफ्नो पेसा छोडेर अन्यत्र लाग्नु भनेको सन्तान गुमाउनु जतिकै पीडा हो । यसको सबै कारण भनेको राज्यले कलाकारिता क्षेत्रप्रति हेर्ने दृष्किोण र लिने नीति नै गलत भएकोले हो । भनाइ चाहिं कलाकार देशका गहना हुन तर व्यवहार चाँहि गँड्यौला जति पनि मान्यता नदिने ।

सिनेमा हलमा विदेशी चलचित्र महिनौसम्म चलाउने तर नेपाली चलचित्रलाई मनोरञ्जन दिन नसकेको आक्षेप लगाएर एकै दिनमा परिवर्तन गर्ने जस्तो गलत परम्पराले नेपाली कलाकार पलायन हुन बाध्य छन् । चलचित्र हल सञ्चालकलाई निश्चित समय तोकेर नेपाली चलचित्र अनिवार्य प्रदर्शन गर्नैपर्ने बाध्यकारी नियम लागू गर्न सके दर्शकहरू त्यसैमा बानी पर्दै जाने अनिलको बुझाइ छ ।

विडम्वना नै भन्नु पर्छ, अरबको तातो बालुवामा नेपाली कला र सिर्जना हस्तीहरुको क्षयीकरणको क्रम जारी छ । यता हरेक वर्ष विकासे डोजरले बाटो भत्काएर भरिला वस्ती र उर्वर भूमिलाई क्षयीकरण गरिरहेको छ ।

यसरी नेपालबाट प्रतिभा पलायन र गाउँवस्तीबाट परिवार पलायनको पीडा घट्नुको अलावा दिनानुदिन बढिरहेको छ, यसले गर्दा मानिस गरिवीको जाँतोमा पिँधिएको पिँधियै छन् । यो अवस्थाबाट हामी नेपालीले कहिले त्राण पाउने ?

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...