Admission Open

काठमाडौँमा जताततै फोहोर : व्यवस्थापनमा समस्या

काठमाडौँ, ३ भदौ  : काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले दीर्घकालीन ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न नहुँदा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।

महानगर वडा नं. १२ को कार्यालय भवन बुधबार शिलान्यास गर्दै उहाँले प्रतिकूूल मौसमका कारण ल्यान्डफिल्ड साइटसम्म आवश्यक सवारीसाधनको आवतजावत हुन नसक्दासमेत काठमाडौँको फोहोर ढुवानी हुन नसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अनुकूूल मौसममा दैनिक १५० सम्म फोहोर बोक्ने सवारी जाने गरेकामा अहिले दैनिक बढीमा ६० वटा सवारी मात्र गइरहेका छन् ।”

अहिले ओखरपौवा ल्यान्डफिल्ड साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारीसाधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए । यसले गर्दा सहरको फोहोर सङ्कलन र ढुवानीमा असहज भएको हो ।

“फोहोर व्यवस्थापन असहज हुनुमा धेरै कारण छन् । बन्चरे डाँडाको दीर्घकालीन ल्यान्डफिल्डको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या आउने थिएन । त्यो पनि निर्माण सम्पन्न हुन सकेको छैन”, प्रमुख शाक्यले भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, “अहिले काठमाडौँ उपत्यकासहित ल्यान्डफिल्ड साइटमा फोहोर पु¥याउनुपर्ने सबै सहरमा कम फोहोर उठेको छ तर यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले बेहोर्नु परेको छ । यो समस्या समाधानका लागि प्रदेश र सङ्घ सरकारको समान सहयोग चाहिएको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...