Admission Open

धादिङमा चर्छन् चितवनका मौरी


धादिङ: वर्षाको समय चरन क्षेत्र नभएपछि चितवनका मौरी किसान मौरी चराउन धादिङको गजुरी र गल्छी आइपुगेका छन् । मौरीलाई चाहिने फूलको रस नभएका कारण मौरीको घार बोकेर किसान धादिङको गजुरी गाउँपालिकाको बन्सेटारमा आएको हुन् । बन्सेटार र गल्छी गाउँपालिकाको बैरेनीमा बाँझो जग्गा भाडामा लिएर मौरीको घार राखिएको छ ।

चितवनमा विगत १८ वर्षदेखि मौरीपालन गर्दै आउनुभएका ७० वर्षीय अशोक बस्नेत अझै जोस् र जाँगरका साथ मौरी चराउँदै हिँडिरहनुभएको छ । उहाँसँगै अर्जुन कार्की, सुरेश बस्नेत र कुमार कार्कीसमेत ४५० घार मौरी लिएर चराउन आउनुभएको छ । धादिङमा मेलिफेरा जातको मौरीका लागि उपयुक्त स्थान भएकोले मौरी चराउन ल्याएको बन्सेटारमा भेटिनुभएका अर्जुनले बताउनुभयो । धादिङमा चराउन ल्याइएका मौरी भदौसम्म राखिने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...