Admission Open

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री आजबाट खुला

काठमाडौं, २० साउन : आजबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामुहकि लगानी कोषका लागि सुरक्षित गरेपछिको छ बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुला गर्न लागेको हो ।


कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले अधिकतम ३० हजार कित्तादेखि निम्नतम १० कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...