काठमाडौं, १५ साउन : शुक्रबार छापावाला सुन प्रतितोलामा ५ सय बढेर ९२ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भएको छ।