Admission Open

१७ हजार ५१८ को परीक्षण गर्दा ३ हजार ८९९ जना संक्रमित, २० जनाको मृत्यु

काठमाडौं, १२ साउन :पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन गरी जम्मा १७ हजार ५१८ को परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

त्यसैगरी साउन १२, मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...