Admission Open

टिभीएस मोटर कम्पनीको BSVI टिभीएस एनटर्क १२५ नेपाली बजारमा

काठमाडौं : टिभीएस मोटर कम्पनीको BSVI टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन (RTFI)  नेपाली बजारमा सार्वजनिक भएको छ । टिभिएस एनटर्क रेस ट्युन्ड एफआईको आइतबार सार्वजनिक गरिएको हो । टिभिएस मोटर्सका लागि नेपालको आधिकारिक बितरक जगदम्बा मोटर्सले भर्चुअल माध्यमबाट यो स्कुटर सार्वजनिक गरेको हो ।

सार्वजनिक भएसँगै टिभिएसका देशभर रहेका शोरुममा एनटर्कको नयाँ भर्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ । टिभिएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर नायक प्रदीप खड्का, नायिका स्वस्तिमा खड्का, जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र जनरल म्यानेजर दीपक रौनियारले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा बोल्दै भाइस प्रेसिडेन्ट अग्रवालले एनटर्क रेस एडिसन धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे । ‘प्रिमियम स्कुटर सेग्मेन्टमा यो स्कुटर नेपालमा लोकप्रिय हुनेछ,’ उनले भने । जनरल म्यानेजर दीपक रौनियार, ब्रान्ड एम्बेसडर नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्काले पनि यो स्कुटर नेपाली बजारमा नयाँ आयाम थप्ने दावी गरे । यो स्कुटरको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले यो स्कुटरलाई बेटर देन एफआइ दावी गरेको छ । एनटर्क सिरिज अन्तर्गतको यो स्कुटरमा बिएस ६ मापदण्डको आरटी एफआई इन्जिन जडान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...