Admission Open

निजामती सेवा विधेयक अगाडि बढाउन माग   

काठमाडौँ  : राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्थ गर्न सरकारसँग आग्रह गरेका हुन् ।
सांसद उदया शर्मा पौडेलले बन्दाबन्दी खुकुलो भएसँगै बढ्दै गएको भिडप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“भारतमा अहिले कोभिडबारे सतर्कता अपनाइएको छ, नेपालमा भिडभाड झन् बढेकोले चिन्ता बढाएको छ । सार्वजनिक यातायातमा स्यानिटाइजरको व्यवस्था छैन ।” सांसद जगप्रसाद शर्माले निजामती सेवा ऐन विधेयकमै थन्किदा लोकसेवा आयोगको काम अगाडि बढ्न नसकेको भन्दै विधेयक अगाडि बढाउनुपर्ने माग गर्नुभयो ।

विशेष समय
राष्ट्रियसभाको विशेष समयमा सांसद रमेशजङग रायमाझीले अन्य दलका कारणले भन्दा पनि दुई तिहाइको सरकार आफ्नै कारणले असफल भएको टिप्पणी गर्नुभयो । सांसद रामनारायण विडारीले वर्तमान सरकारलाई विकास निर्माणका साथै किसान र मजदूरको पक्षमा काम गर्न अग्रह गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताहरुले गरेको टिप्पणीले संवैधानिक नैतिकताको खाडल सिर्जना भएको टिप्पणी गर्नुभयो ।

सांसद ठगेन्द्र प्रकाश पुरीले बजारमा वस्तु खरीद गर्दा उपभोक्ता ठगिने गरेको बताउँदै वस्तुको बिक्री वितरणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद डा विमला राई पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने माग गर्नुभयो । सांसद चक्रप्रसाद स्नेहीले भ्रष्टाचारको अन्त्य गर्दै देशैभरि भएका हत्या, हिंसा, बलात्कार रोक्नुपर्नेमा जोड दिनुभयो । सांसदहरु खिमलाल देवकोटा, कोमल वली, भैरव सुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र अनिता देवकोटाले विविध समसामयिक विषयमा विचार राख्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...