Admission Open

कोका–कोलाले लकडाउनपछि व्यापार पुन: सुचारु गर्न लागेका रिटेलर्सहरूलाई सपोर्ट गर्दै

रिटेलरहररू र डिस्ट्रिब्युटरहररूलाई कनेक्ट गर्न व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवाहरू प्रदान गर्ने पहल हो ।

काठमाडौँ  : लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने क्रममा किराना र शप अनर्सहरूलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरूका लागि सुरक्षात्मक पहलहरू पनि समावेश गरिएका छन् । यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रहरूलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो ।

किराना स्टोरहरूको व्यवसायलाई पुर्निजवीत गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ जसले स्वचालित बिक्रेता र वितरकहरूलाई जोड्नमा सहयोग पुर्याउँनेछ । यसको साथै खुद्रा बिक्रेताहरूले व्हाट्सएपको माध्यमबाट वितरकहररूसँग सिधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ ।  यो प्ल्याटफर्म अरू कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीले भन्नुभयो , “ गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरूलाई उनीहरूको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरूलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरूसँग बहु डिजिटल विकल्पहरू सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहररूलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ”

कम्पनीले आफ्नो उत्पादनहररू हरेक चरणमा हाइजेनिकल्ली ह््यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहररू सफा राख्ने क्लिन अप कार्यव्रmमको आयोजना गर्ने छ ।

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहररूमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डेले भन्नुभयो, “ कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा बिक्रेताहरूलाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरूको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।”

लकडाउनपछि धेरै किराना स्टोरहरुले आफ्नो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरूलाई स्टोरको सम्पर्क नम्बरहरू रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिङका लागि सहयोग पुर्याउँनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...