Admission Open

वीपी प्रतिष्ठानका चिकित्सक सडक आन्दोलनमा

सुनसरी : सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाको सुधारको माग गर्दै यहाँका चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा भएको भ्रष्ट्रचार र बेथिति विरुद्ध चिकित्सकहरुले बुधवार मुसलधारे पानीमा छाता ओडेर विरोध ¥याली निकाले ।

 

प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीको अगुवाईमा चिकित्सकहरुले मंगलवारदेखि दैनिक आन्दोलन सुरु गरेका छन् । प्रतिष्ठानमा औषधि उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरुले आर्थिक अनियमितता गरेको भन्दै सत्य तथ्य छानविन गरी दोषीउपर कडा कारवाही गर्न माग गर्दै चिकित्सकहरु सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सकहरुले निकालेको ¥याली क्याम गेट, बुध चोक धनकुटे रोड, शिवमार्ग हुदै प्रतिष्ठान परिक्रमा गरेको थियो ।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्ट्रचारको छानविन गर्न माग गरेका थिए । त्यस पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएका खरिद सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर छानविन थालेको छ । अख्तियारले छानविन थालेपछि प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले डा. पाखरेललाई कारवाही गर्ने धम्कीसहितको स्पष्टिकरण सोधपछि मंगलवारदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले उपकुलपति गिरीलाई नै स्पष्टिकरण सोधेका छन् । चिकित्सकहरुले गिरीको प्राध्यापकको शैक्षिक प्रमाणपत्रसमेत सार्बजनिक गर्न माग गरेका छन् । भष्ट्राचार र बेथितिले थलिएको प्रतिष्ठान सुधार गर्न र दोषीलाई कारवाही गर्न माग गर्दा डाक्टरलाई स्पष्टिकरण सोधिएको भन्दै चिकित्सकहरु आक्रोसित बनेका छन् । प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव सुर्यप्रसाद रिमालले प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको छानविन गर्न सरकारसमक्ष माग गरेका छन् । उनले प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठानको हितमा भन्दा पनि आर्थिक लाभ लिएर कानुन विपरितका काम गरेकोले प्रतिष्ठानको अबस्था कमजोर बनेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...