Admission Open

वीपी प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित

भ्रष्ट्राचारको विरोध गर्ने डाक्टरलाई जागिरबाटै निस्काशनको धम्की

 

सुनसरी : सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्ट्राचार) को छानविन गर्न माग गरेको विषयलाई लिएर प्रतिष्ठानमा कार्यरत एक डाक्टरलाई जागिरबाट निस्काशन गर्ने धम्की आएको भन्दै प्रतिष्ठानका चिकित्सकहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एसएमएस गरी प्रतिष्ठानमा भएको भ्रष्ट्राचारको छानविन गरी दोषीउपर कारवाही गर्न माग गरेका थिए । पोखरेलले भ्रष्ट्राचारको छानविन गर्न माग गरेपश्चात आईतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले वीपी प्रतिष्ठानमा छापामारी खरिद सम्बन्धी भएका सबै कागजपत्रहरु नियन्त्रणमा लिएको थियो । अख्तियारले प्रतिष्ठानमा छापा मारेको भोलिपल्ट अर्थात सोमवार प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष विष्णु पोखरेललाई जागिरबाट निस्कासन गर्ने धम्की दिएर उपकुलपती डा. ज्ञानेन्द्र गिरीले स्पष्टिकरण सोधेका छन् । आर्थिक अनियमितताले धरासायी बनेको प्रतिष्ठान बचाउन थालिएको अभियानलाई हस्तक्षेप गरी डाक्टरलाई जागिरबाट निस्कारशन गर्न धम्की दिएको भन्दै प्रतिष्ठानका चिकित्सकहरु मंगलवारदेखि आन्दोलित भएका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कडा कारवाही गर्न र प्रतिष्ठानका उपकुलपती डा. गिरीलाई बर्खास्ती गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर, जुनियर डाक्टर र विद्यार्थीहरुले उपकुलपती गिरीको कार्यकक्षमा धर्ना दिएका छन् । आन्दोलनमा उत्रिएका डाक्टरहरुले भष्ट्राचारको विरोध गर्दा उपकुलपती गिरीबाट स्पष्टिकरण उपहार पाएको भन्दै उक्त स्पष्टिकरण तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...