Admission Open

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ कोरोनामुक्त, ३ हजार २४ जनामा संक्रमण पुष्टी र ९९ को निधन

काठमाडौं, २३ जेठ / नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ । पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताउनुभयो । आइतबार प्रति एक सय जनाको परीक्षण गर्दा २८।९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।मन्त्रालयका अनुसार चौबीस घण्टामा तीन हजार २६२ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४५५ जनामा पोजेटिभ पाइएको छ । हाल ७३१ ज्ना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले आइतबार चौबीस घण्टामा छ हजार ६३६ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ जना कोरोनामुक्त भएका हुन् । सोही अबधिमा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...