Admission Open

आइसियु : जहाँ सरुवा रोग सर्दैन

चितवन / अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि यहाँको एक मेडिकल कलेजले ‘नेगेटिभ सेक्सन’ जडान गरेको छ ।

चितवन मेडिकल कलेजको आइसियु ९सघन उपाचार कक्ष० मा नेगेटिभ सेक्सन जडान गरिएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरीशचन्द्र न्यौपानेका अनुसार सङ्क्रामक रोग नफैलियोस् भन्नका लागि हरेक शय्याको माथि उपकरण जडान गरिएको छ । सो उपकरणले बिरामीबाट निस्किएको कीटाणुसहितको श्वासलाई प्रशोधन गरेर बाहिर फाल्दछ । बाहिरबाट स्वच्छ हावाभित्र पठाउँछ । न्यौपानेले भन्नुभयो, “यसबाट बिरामी र स्वास्थ्यकर्मी दुवै जोगिन्छन् ।”

चीनमा कोरोना देखिएसँगै मेडिकल कलेजले सो उपकरण जडान गरेको हो । उहाँका अनुसार १९ शय्याको सो सघन उपचार कक्षमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिँदै आएको छ । सो कक्षमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षित हुने उहाँको भनाइ छ । न्यौपानेका अनुसार यसका अतिरिक्त अन्य सरुवा रोगमा पनि बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुनेछन् । एउटै सघन उपचार कक्षमा फरकफरक रोगका बिरामी उपचार गर्नुपर्दा यो निकै उपयोगी हुने बताइन्छ । उन्नाइस वटा नेगेटिभ सेक्सन जडान गर्दा रु १९ करोडभन्दा बढी लगाानी भएको न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विश्वका विकसित मुलुकमा यस्ता उपकरण राख्ने गरिन्छ । उहाँले भन्नुभयो, “यसले हावा र थुकका छिटाहरुबाट सर्ने रोगबाट अन्य बिरामी र स्वास्थ्यकर्मीलाई जोगाउँछ ।” त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीले सामान्य सावधानी अपनाए पुग्छ । बिरामीहरुले मास्क लगाउनु पर्दैन । यस्ता प्रविधि जिल्लामा हुँदा सरुवा रोगको महामारीको समयमा निकै उपयोगी हुने तिवारीको भनाइ छ । इन्फ्लुएन्जा, क्षयरोग, सार्स, दादुराजस्ता सङ्क्रामक रोगबाट यसले बचाउने तिवारी बनाउनुहुन्छ ।

नेपालमा यो उपकरण जडान गर्दै आएको एयरटेक प्रालिका प्रबन्ध निर्देशक मनोज भन्साली ठूला अस्पतालमा यस्ता उपकरण जडान हुन थालेको बताउनुहुन्छ । यसले रोग सर्न नदिने हुँदा बिरामी र स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले कोरोनाको समयमा यो निकै उपयोगी भएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...