
काठमाडौं । जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो । कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ । उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र सूचनामा उल्लेख गरिएका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ ।


