Admission Open

मंगलमकेयरः पीसीआर जांच , मंगलमको साथ

काठमाडौँ / नेपालको पहिलो CPVC पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले प्लम्बरहरूका लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत“मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ”को सुरुवात गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजेटिभ आएकोमा रु ५००० औषधि खर्च व्यहोर्ने भएको छ ।
“मंगलम पाइप्सका लागि प्लम्बरहरू Technician मात्र नभएर हाम्रो परिवार पनि हुन । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंगभएको कारणले उहाँहरूको स्वास्थ र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो । हाम्रो यो सानो प्रयासले उहाँहरूलाई पीसीआर जाँचगर्न र औषधि उपचार गर्न केही हदसम्म सहज हुन्छ भन्ने विश्वास गरेका छौँ ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भन्नुभयोे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...