Admission Open

ad place

सान्त्वना जितको आशा : टी–२० विश्वकपमा आज नेपाल–स्कटल्यान्डबीच खेल हुँदै

मुम्बई : आइसिसि टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ ७ः१५ बजे सुरु हुनेछ।

समूह चरणका अघिल्ला तीन खेलमा पराजित भइसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। यद्यपि, आजको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ। आजको खेल जितेमा नेपालले यस संस्करणको पहिलो जित दर्ता गर्नेछ। स्कटल्यान्ड पनि समूह चरणबाट अघि बढ्न नसकेपछि दुवै टोली सान्त्वना जितका लागि मैदान उत्रने छन्।

नेपाल रहेको समूह ‘सी’ बाट इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली सुपर–८ चरणमा प्रवेश गरिसकेका छन्।

यसैबीच मंगलबारका अन्य खेलहरूमा बिहान ११ः१५ बजे क्यानडा र न्युजील्यान्डबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ः१५ बजे आयरल्यान्ड र जिम्बाबे आमनेसामने हुनेछन्।

सुपर–८ चरणमा समूह ‘ए’ बाट भारत राष्ट्रिय क्रिकेट टोली, समूह ‘बी’ बाट श्रीलंका राष्ट्रिय क्रिकेट टोली, समूह ‘सी’ बाट इङ्ल्यान्ड र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली प्रवेश गरिसकेका छन्।

नेपालले प्रतियोगिताको अन्तिम खेलमा सकारात्मक नतिजा निकाल्दै समर्थकलाई खुशी दिने लक्ष्य राखेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...