
ललितपुर : वागमती साहित्य केन्द्र, ललितपुरले आइतबार पुलचोकस्थित साजन कम्प्लेक्सको हलमा आयोजना गरेको कवि गोष्ठीमा विभिन्न कविहरूले आआफ्ना कविताहरू वाचन गर्नुभयो । कवि अमर कीर्तिमानीले कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ चलचित्र निर्देशक, अभिनेता तथा नेपाल टेलिभिजनका संस्थापक महाप्रवन्धक नीर शाहमा समर्पित ५८ शब्दको कविता वाचन गर्नुभएको थियो।
त्यसैगरी अन्य कविहरू ललिता दोषी, प्रमोद नेपाल, राजेशमान केसी, शशीश्री आचार्य, रचना शर्मा प्रतीक्षा, शान्ति रिसाल, इन्दिरा ढकाल, मञ्जु नेपाल, राज रजक लगायतका कविहरूले पनि कविताहरू वाचन गर्नुभयो।
कविता वाचन गर्ने कविहरूलाई कार्यक्रमका प्रमुख अतिथि नीर शाहले संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गर्नुभएको थियो। संस्थाका सल्लाहकार तथा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्द सिंह कार्कीले संस्थाको गतिविधिका बारेमा चर्चा गर्दै संस्थाको उज्वल भविष्यको कामना गर्नुभएको थियो। संस्थाका अध्यक्ष वागमती भाइ अर्थात सुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रम संस्थाका सचिव नीरा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष शशीश्री आचार्यले गर्नुभएको थियो। समारोहमा उल्लेख्य संख्यामा स्रष्टाहरूको सहभागिता रहेको थियो।
ब्mबच


