
काठमाडौं, ५ माघ : विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू–रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन -एसआईसी_ ब्याट्री रहेको छ जसमा १०% SIC सामग्री छ । यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२=५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलोपटक SiCब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।
यस डिभाइसले आईपी६६ ÷ आईपी६८ ÷ आईपी६९ ÷ आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ । कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई -एआई राइटिङ, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ ।
रेड्मी नोट प्रो+ ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।
यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४००% भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।
कनेक्टिभिटीको लागि, प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ । रेड्मी नोट १५ प्रो+ ५जी मा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रङमा उपलब्ध छ ।
रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि -लगभग छ वर्ष_ ८०% क्षमता कायम राख्छ र ४५वाट मा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टूलहरू छन् । ६.८३–इन्चको डिस्प्ले प्रो+ को जस्तै छ, कोर्निंग गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००% भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ । यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रङमा उपलब्ध छ ।

रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ । स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ । एआई एडिटिङ टूलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोके र ब्युटिफाई प्रकार्यहरू छन् । डुअल स्पिकरहरूले डल्बी एट्मोस सहित ३००% भोल्युम बूस्ट दिन्छ, र यसमा एनएफसी र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सिङ समर्थन छ । यो कालो, ग्लेसियर निलो र मिस्ट पर्पल रङमा उपलब्ध छ ।
रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामेरा छ जसमा ३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ । मिडियाटेक हेलियो जी१०० अल्ट्रा मा ४जी कनेक्टिभिटीसहित चल्ने यो यन्त्रको ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हट्र्ज रिफ्रेस रेट र ३,२०० निट ब्राइटनेस छ । आईपी६४ सुरक्षा, ३३ वाट चार्जिङ, डल्बी एट्मोस सहितको डुअल स्पिकरहरू र समान एआई एडिटिङ सुइट छ । कालो, ग्लेसियर निलो, मिस्ट पर्पल र फरेस्ट हरियो रङमा उपलब्ध यो मोडेल ८ जीबी ¥याम र ५१२ जीबी क्षमतासम्म आउँछ, र हाइब्रिड सिम स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिन्छ ।
रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमैमात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरु यो सिरिजमा छन् । यसले रेड्मी नोट उपकरणका लागि मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको छ ।
सम्पूर्ण लाइनअपमा नयाँ प्रविधिको स्न्यापड्रागन र मिडियाटेक चिपसेटहरूले छिटो प्रदर्शन, सहज ग्राफिक्स र सुधारिएको ऊर्जा दक्षता दिन्छन् । सबै मोडेलहरूले गुगल जेमिनी र सर्कल टु सर्च समर्थन गर्छन् । सिरिजको शीर्षमा रहेको रेड्मी नोट १५ प्रो+ ५जी मा थप व्यक्तिगत र बौद्धिक एआई अनुभवका लागि शाओमी हाइपरएआई एकीकृत गरिएको छ । ६ जीबी+१२८ जीबी देखि १२ जीबी+५१२ जीबी सम्मका भेरियन्टहरूमा उपलब्ध, प्रत्येक मोडेलमा वेट टच २.० (भिजेको स्क्रिनमा पनि सहज सञ्चालन), गुगल जेमिनी एकीकरण, सर्कल टु सर्च र शाओमी हाइपरओएस छ ।
रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा सबै मोडेलहरूसँग शाओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ । रेड्मी नोट १५ सिरिजका सबै मोडेलहरूमा ९ महिना ०% ईएमआई सुविधाको लाभ लिन सक्नेछन्, जसले फ्ल्यागशिप–स्तरका सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ ।
रेड्मी नोट १५ सिरिज अब नेपालभरि टेलिडाईरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को विस्तृत डिलर नेटवर्कमार्फत उपलब्ध छ ।
रेड्मी नोट १५ प्रो+ ५जीको १२जीबी+५१२जीबी र ८जीबी+२५६जीबी को मूल्य रु. ६६,९९९—५९,९९९ रहेको छ । त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२जीबी +५१२जीबी र ८जीबी+२५६जीबीको मूल्य रु. ५६,९९९—४९,९९९ छ । साथै रेड्मी नोट १५ ५जीको १२जीबी+५१२ जीबी र ८जीबी+२५६जीबीको मूल्य रु. ४६,९९९—३९,९९९ छ भने रेड्मी नोट १५ ४जीको ८जीबी+२५६जीबी र ६जीबी+१२८जीबी मूल्य रु. ३५,९९९—२९,९९९ रहेको छ ।



