काठमाडौं, ११ जेठ काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा अव अरु एक साताका लागि थपिएको हो । कोरोना (कोभिड १९) को संक्रमण दर नघटेका कारण अझ कडा प्रावधान राखी एक साताका लागि निषेधाज्ञा थपिएको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा जेठ १४ गते बिहान १ बजेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने ललितपुर प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । एकसाताको परिस्थिती हेरेर थप निर्णय गरिने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।
[काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निषेधाज्ञा आदेश हेर्नुहोस् :]