Admission Open

ad place

‘परान’ हेरेर प्रभावित निम्बस ग्रुप

समाजलाई राम्रो संदेश दिएको छ : बगरिया

 

काठमाडौं : दर्शकहरूले नेपालीपन, यथार्थ जीवनका कथा र समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै चलचित्र ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् ।

चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको संख्या घटेको छैन, जसले ‘परान’लाई वर्षको सफल चलचित्रमध्ये एक बनाउँदै लगेको छ ।

यसरी दर्शकको राम्रै साथ र समर्थन पाइरहेका बेला ‘परान’ ले निम्बस ग्रुपको पनि ध्यान खिचेको छ । चिलचित्रको सदाबहार प्रदर्शनको मौकामा निम्बस ग्रुपले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।

शनिबार पुल्चोकस्थित लाबिम मलमा कर्मचारीसहित चलचित्र हेरेको निम्बस ग्रुपले जनाएको छ ।

चलचित्र हेरेपछि निम्बस ग्रुपका प्रबन्ध निर्देशक अनन्द बगरियाले ‘परान’ बोरे संक्षिप्त प्रतिकृया दिँदै भन्नुभयो–“परान सामाजिक परिवेशमा केन्द्रित रहेर बनेको उत्कृष्ट फिल्म लाग्योे, कलाकारको अभिनय र कथाले पनि हामी सबैको मन जित्यो, यस फिल्मले समाजलाई सकारात्मक सन्देश दिन सफल भयो भन्ने लागेको छ । साथै ‘परान’ हरेक कोणबाट ऐतिहासिक बन्न सकोस् ‘परान’ चलचित्र र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...